काठमाडौं – संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले  संवैधानिक राजसंस्था कायम गर्न भन्दै असोज ११ गते काठमाडौंमा बृहत् विरोध सभाको आयोजना गर्ने जनाएको छ ।


ADVERTISEMENT


मोर्चाले  यसअघि नै २०७२ सालमा जारी भएको संविधानको खारेजी र संवैधानिक राजसंस्था कायमको माग राख्दै आएको छ ।


ADVERTISEMENT

# # #


शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले उक्त विरोधसभामा हुनका सबै नागरिकहरुलाई आह्वान गरेको छ ।

०७२ को संविधानले नेपालको अखण्डता, राष्ट्रियता, धार्मिक स्वतन्त्रतालाई हनन् गरिरहेको र संविधान विदेशीको ईशारामा ल्याइएको भन्दै उक्त संविधानलाई खारेज गरी संवैधानिक राजसंस्था देशमा अपरिहार्य रहेको बताउँदै मोर्चाले आन्दोलनको आह्वान गरेको छ ।

संविधानमा उल्लेख गरिएका संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको नाममा सरकारमा बसेका दलले मुलुकलाई विदेशीको हातमा पुर्याइसकेको पनि मोर्चाको आरोप छ । संविधान खारेजीसँगै संवैधानिक राजसंस्थाले मात्रै मुलुकलाई निकाश दिने मोर्चाको ठम्याई छ ।

त्यस्तै, एमसीसी परियोजना राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई पनि कार्यान्वयनमा ल्याउन नहुनेबारे मोर्चाले सचेत गराएको छ । जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले ०६२–६३ को आन्दोलन र संविधानसभा आफूले हेरेको बताए ।

राजाले आफ्नो गद्दी छाडेर जनताको संविधानलाई स्वागत गरेको तर, विदेशीले ल्याइदिएको संविधान नेपाली जनताको लागि घाँडो भएको उनले बताए।

गणतन्त्रले समेत नेपाली जनतालाई सुख प्रदान गर्न नसकेको उनको भनाइ छ । अहिलेको सरकार बनेको ७२ दिन बितिसक्दापनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलको विस्तार गर्न नसकेको भन्दै उनले राजा र दल दुबै मिलेर देश चलाउनुपर्ने उनले बताए ।