काठमाडौँ– नेपाल उद्योग महासंघका पूर्व अध्यक्ष चन्डि राज ढकालले माल्दिभ्सका अर्थमन्त्री फेयाज इस्मेललाई नेपाल–माल्दिभ्स सीधा उडानका लागि पहल थाल्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


उनले माल्दिभ्सका अर्थमन्त्री इस्मेलसंगको भेटवार्तामा पर्यटकिय क्षेत्रको बढावा तथा अन्य माध्यमबाट दुई राष्ट्रबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने अवसर खोजीका निमित्त नेपाल–माल्दिभ्स सीधा उडान हुनुपर्ने जोड दिएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त भेटमा ढकालले सार्क सीसीआईले दुई राष्ट्रबीचको सम्बन्धमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै संयुक्त सहकार्यलाई अझ बढि सुढृढ बनाउमा जोड दिए ।

ढकालले सार्क गतिविधिको महत्व तथा सार्कले क्षेत्रीय विकासमा कसरी काम गरिरहेको छ? भन्ने बारेमा जानकारी दिएका उनले सार्क सीसीआईमा आइपर्न सक्ने सम्भावित कठिनाईलाई मध्यनजर गर्दै सार्क व्यापार निकाय नवीकरणको लागि पहल थालन समेत आग्रह गरेका छन् ।