काठमाडौँ – कुल आचार्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले नारिकता र सम्पत्तिको अधिकार स्थापित गर्ने प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा आचार्यले ‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो बढ्दै गएको भन्दै यसलाई सुधार गर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले संस्थाभित्र आर्थिक अनियमितता र दुरुपयोग राक्ने धारणा राखे । कोभिड–१९ का कारण ठूलो सङ्ख्यामा नेपालीले रोजगारी गुमाएर स्वदेश फर्कनुपरेको भन्दै उहाले स्वदेश फर्केका नेपालीका लागि रोजगार सिर्जना गर्न सघाउन ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको जानकारी दिए ।

उनले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै यसलाई प्राथमिकताका साथ उठाउने बताए ।

एनआरएनएको दशौं विश्वसम्मेलन आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा हुँदैछ । यसअघिको निर्वाचनमा आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए ।