काठमाडौँ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


नेपाल मुस्लिम इत्तेहाद संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विष्टले एमाले कमजोर पार्न २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका हुन् । उनले दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले पनि बेठिक भएको तर्क गरे ।


ADVERTISEMENT

# # #


यसअघि केपी ओली नेतृत्वको सरकारले ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र माओवादीसँग मिलेर कम्युनस्ट आन्दोलनलाई कमजोर पार्न अध्यादेश ल्याएको बताए । विष्टले १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको बताए । उनले एमालेले धेरै विकासका काम गरेकाले आगामी चुनावमा बहुमत सहित सरकारमा जाने दाबी गरे ।

नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुखजस्तै रहेको र अरु दलसंग एक्लै लड्ने सामथ्र्य राख्ने धारणा राखे ।