काठमाडौँ – आइएमएस् लिटिल स्माइलस्ले दशैंको पावन अवसरमा ‘बिग डिस्काउन्टस् बिग स्माइलस्’ अफर ल्याएको छ । यो दशैंमा आइएमएस लिटिल स्माइलस्ले ‘बेस्ड डिल’ र छुटको अफर ल्याएको छ । साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर ल्याएको छ ।


ADVERTISEMENT


आइएमएस् लिटिल स्माइलस्ले ग्राहकलाई डा. ब्राउन, बीबीलुभ र ड्रिमबेबीजस्ता प्रडक्टहरुमा २५ प्रतिशतसम्मको छुटको अफर ल्याएको हो । ग्राहकले ५ हजार रुपैयाँभन्दा माथिको सामान खरिद गर्दामा १० प्रतिशतसम्मको छुट पाउनेछन्, साथै २० जना भाग्यशाली ग्राहकले १ हजार रुपैयाँ बराबरको स्मार्टडोको गिफ्ट कार्ड वा इनर्जाइजर पावर बैंक पाउनेछन् ।


ADVERTISEMENT

# # #


आइ एम एस् लिटिल स्माइलस्ले इनर्जाइजर पावर बैंक र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डीजेआइ ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशतको छुट पाउने कम्पनीले जनाएको छ। साथै फिमी ड्रोनको खरिदमा २ हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क पाउनेछन् ।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टि ब्राण्ड आउटलेट, आइ एम एस् लिटिल स्माइलस् दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ । मल्टी ब्राण्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्राण्डहरु डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डीजेआई, इनर्जाइजर, लाइनरफ्ल्युक्स र अन्य ब्राण्डहरु उपलब्ध छन् ।

तपाईंहरुले आइ एम एस्को लिटिल स्माइलस्को शोरुममा भ्रमण गरेर आवश्यक सामान खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।