काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् ।


ADVERTISEMENT


सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।


ADVERTISEMENT

# # #


राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवा मन्त्रीपरिषद् विस्तारमा लागेका हुन् ।

सत्ता घटक दलमध्ये जनता समाजवादी पार्टी (जसपा) ले अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद्मा सामेल नहुने अडान राख्दै आएको थियो ।

केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत संख्यामै दल विभाजन गर्न सकिने अध्यादेश क्रियाशील हुँदा आफ्नो पार्टी जोखिममा रहेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताउँदै आएका थिए ।

उनले अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाब दिँदै आएका थिए ।

अब भने मन्त्रीपरिषद् विस्तार हुने बाटो खुलेको हो ।