काठमाडौं – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज एउटा मात्रै खेल हुने भएको छ । आजको खेलमा काठमाडौं किङ्ग्स इलाभेन र पोखरा राइनोज भिड्दैछन् ।


ADVERTISEMENT


खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँढेको थियो ।

पानी परेपछि पोखरा र भैरहवाबीचको यसअघिको खेल रद्द भएको थियो ।

त्यस्तै हिजो पनि पानी परेका कारण काठमाडौं र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको थियो ।