काठमाडौँ – चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नवर पिलर सार्न पाइदैन लगाएतका प्ले कार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।


ADVERTISEMENT

# # #


लोसपा युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन गरिएको जानकारी दिए । त्यस्तै उनले चीनमा एविबिएस गरेका विद्यार्थीहरुलाई नेपालमा इन्टर्नसिप गराउनुपर्ने माग राखिएको बताए ।

संघले नेपालको सिमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ । चीन र नेपालको सीमा भएको बिषयमा अध्ययन गर्न सरकारले बनाएको समितिले पनि गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।