कवीन्द्र श्रेष्ठ : प्रमुख बजार अधिकृत, नबिल बैँक


ADVERTISEMENT


नेपालमा अनवरत रुपमा चलिरहेको नेपालको पहिलो प्राइभेट सेक्टर बैंक नबिल बैंकको निक्षेपको अवस्था कस्तो छ ?


ADVERTISEMENT

# # #


नबिल बैंकको एउटा राम्रो पक्ष के भने यसले सुरुदेखि नै राम्रो ‘ज्वाइन्टभेन्चर’ लगानीकर्ता पायो । उहाँहरुको मार्गदर्शनमा सुरुदेखि नै राम्रो जनशक्ति पाएर बैंकको प्रगति भइरहेको छ । यसकै कारण हामीले ग्राहकहरु पनि राम्रा पायौं ।

त्यो बेलादेखि नै हाम्रो बैंकको राम्रो प्रगति हुन थाल्यो । त्यसैले सुरुवातका ग्राहकहरु हामीसँग अहिलेसम्म पनि छन् । अहिले पनि उहाँहरुले हामीसँग निरन्तर कारेबार गरिरहनुभएको छ । त्यस अनुसार हामी ग्राहकको विश्वास जित्न सफल भएको बैंकमा गनिएका छौं । ग्राहकको विश्वास जितेका कारण नबिल बैंकको निक्षेपको अवस्था बलियो छ भनेर म भन्न सक्छु ।

निक्षेप कति जति होला त्यो तथ्यांकमा जान सक्छौं हामी ?

सकिन्छ । हाम्रो निक्षेप अहिले दुई खर्ब ३० अर्ब जति छ । पोहोर साल असार मसान्त सम्ममा एक खर्ब ९३ अर्ब थियो । त्यस अनुसार पनि निक्षेप वृद्धि राम्रै भएको छ । गतवर्ष अधिक तरलताको कारणले निक्षेप वृद्धि हामीले कमै मात्र गरेका थियौं । निक्षेपमा खर्च पनि समावेश हुन्छ । अनि नाफा पनि हेर्नुपर्ने भएकोले गतवर्ष हामी निक्षेपमा सुस्त गरेका हौं । यो वर्षदेखि अब फेरि हामी निक्षेपमा केन्द्रित हुनेछौं ।

निक्षेपका शीर्षकहरु के–के राख्नुभएको छ ?

हाम्रोमा मुख्य गरेर निक्षेप दुई किसिमको हुने गर्दछ, संस्थागत र व्यक्तिगत । निक्षेप भित्र पनि विभिन्न क्षेत्रहरु हुन्छन् । संस्थागत निक्षेप लाई मुख्यतः तीन किसिमले वर्गीकरण गरेका छौं जस्तै सरकारी क्षेत्र, सेवा प्रदायक क्षेत्र तथा कुटनीतिक क्षेत्र । अलग अलग ब्याज तथा सुविधा सहितको हामीले मुख्यत: बचत, मद्धती, चल्ती र कल खाता भनेर चार किसिमका खाता खोल्दछौं ।

बचत निक्षेपलाई पनि हामीले धेरै प्रकारले वर्गीकरण गरेका छौं । किनभने एकै परिवारमा पनि विभिन्न किसिमका खाता सुविधाहरुको आवश्यक हुन्छन् । ज्येष्ठ नागरिक बचत, नारी बचत, विद्यार्थी बचत, शेयरधनी बचत खाता र बाल बचतजस्ता खाताहरु हुन्छन् । त्यसैले बचत खातालाई आवश्यकता अनुरुप वर्गीकरण गरेर सुविधाहरु दिने काम भएको छ ।

अनि मुद्धती खाताको समय र ब्याजदर के कसरी राख्नुभएको छ ?

मुद्धती खाता तीन महिनाभन्दा कम समयको लागि खोल्न पाइँदैन । हामीले सामान्यतया पाँच वर्षसम्मको खाता खोल्ने गरेका छौं । त्योभन्दामाथि जानै हुँदैन भन्ने पनि होइन । मुद्धती खाताको ब्याज सम्बन्धमा चाँहि हाम्रो एक वर्ष वर्ष र सोभन्दा माथिका लागि ९.२६ प्रतिशत छ । जुन बजारकै राम्रो ब्याजदर हो । नबिल बैंकले एकदमै आकर्षक ब्याजदरमा मुद्धती खातामा पैसा जम्मा गरिदिने गरेको छ ।

बचततर्फ ब्याजदर कसरी राख्नुभएको छ ?

बचतमा पनि व्यक्तिगत निक्षेप गर्दा हाम्रो अधिकतम ६.२६ प्रतिशत छ । जुन बजारको सारै राम्रो ब्याजदर हो ।

नबिल लगायतका बैंकमा कस्तो–कस्तो समयमा निक्षेपमा समस्या आउन सक्छ ? यस्तो कहिले कहिले देखिएको छ ?

प्रायः गरेर परम्परागत रुपमा यो वर्षलाई छाडेर आघिल्लो वर्षसम्म पहिलो त्रैमासिक तरलता बढ्ने समय हो । चाडवाड पनि सुरु भएको हुँदैन र व्यापार पनि दशैंबाट मात्र सुरु हुने हुन्छ । प्रोजेक्टहरु पनि सबैजसो दशैंपछि मात्र सुरु हुन्छ । सरकारको टेन्डर प्रक्रिया त्यसपछि बल्ल कर्जाको काम हुन्छ ।

केही दीर्घकालीन प्रोजेक्टबाहेक अरु आर्थिक क्रियाकलापहरु दशैंदेखि मात्रै सुरु हुन्छ । बैंकहरुलाई तरलता गाह्रो हुने समय भनेको प्राय पुसको तेस्रो हप्ता देखि नै सुरु हुन्छ । जुन चैत्र मसान्तसम्म रहन्छ । यसरी तीन–चार महिना अलि गाह्रो हुन्छ । त्यसपछि वैशाखदेखि लिएर असारको अन्तिम सातासम्म अलिक सहज हुन्छ, जुन समयमा सरकारले आयोजनाहरुको खर्च भुक्तानी गर्न थाल्छ र रकम बजारमा आउन थाल्छन् ।

सरकारले विभिन्न शीर्षकहरुको माध्यमले रकम तानिरहेको हुन्छ, जस्तो राजश्व/कर/भन्सार/मालपोत आदी) दस्तुरको रुपमा, जुन हामी हरेक दिन तिरिरहेका हुन्छौं । हाम्रोजस्तो सानो अर्थ व्यवस्थाको मुल पात्रको रुपमा सरकारी आर्थिक कृयाकलाप हुने भएकोले सरकारबाट रकम फर्किएर बजारमा नआए सम्मको समय बैंकहरुलाई गाह्रो हुने समय हो ।

यस सालको बजारको अवस्थालाई कसरी लिनुभएको छ ?

सरकारको बजेट ढिलो पारित भएकोले सरकारी खर्च/नगद बजारमा ढिलो आउने भयो । अहिले जे जति छ त्यो बजारबाट मात्र आउनुपर्ने अवस्था हो । करको रकम नियमित रुपमा सरकारमा गइरहेको हुन्छ । त्यो पैसा घुमेर बजारमा आयो भने बैंकहरु सुचारु रुपले चल्छन् । सरकार अर्थतन्त्रको महत्वपूर्ण पक्ष भएकोले त्यहाँ पैसा रोकियो भने सबै पक्षहरुलाई गाह्रो हुन्छ ।

बैंकहरुमा तरलताको अभाव कहिले कहिले के–के कारणले देखिने गरेको छ ?

एउटा कारण त सरकारी खर्चको ढिलाई नै हो । ठूलो मात्रामा हुने र हामीले प्रतीक्षा गर्ने भनेको सरकारी पुँजीगत खर्च हो । गत वर्षमा कर्जाको माग धेरै थियो । हाम्रो रेकर्ड अनुसार अघिल्लो वर्ष र गत वर्ष कर्जा ४०५ अर्ब र ८१८ अर्बले बढेको देखिन्छ । यसरी कर्जा वृद्धि १०१ प्रतिशतले देखिन्छ ।

निक्षेप वृद्धि अघिल्लो वर्ष र गतवर्ष ६०९ अर्ब र ७१४ अर्बले भएको देखिन्छ जुन १७ प्रतिशत मात्रै हुन आउँछ । यसरी कर्जाको माग निक्षेपको पूर्ति भन्दा बढी भयो भने तरलतामा समस्या हुन्छ ।

गत वर्ष भन्दा यो वर्ष कर्जा धेरै बढ्ला जस्तो देखिन्छ । कर्जा अहिले नै १५१ अर्ब बढिसकेको देखिएको छ । निक्षेप चाहिँ असार मसान्तबाट ३० अर्बले घटिसकेको छ । यसरी कर्जाका माग र निक्षेपको पूर्तिमा सामन्जस्यता नभएमा तरलताको समस्या हुन्छ ।

तरलतामा समस्या ल्याउने अरु कारणहरु के–के हुनसक्छन् ?

अरु भनेको रेमिटेन्सले पनि प्रभाव पार्छ । यो वर्ष रेमिट्यान्स आएका खासै देखिएको छैन । बाहिरबाट आउने पैसामा कोभिडका कारण कमी आएको छ । बाहिरी देशमा श्रमको मागमा कमी भइरहेको छ ।देशभित्र पनि व्यवसायहरु सुचारु रुपले नचलेका कारण ‘मनी साइकल’ मा असर परेको छ ।

प्राकृतिक विपत्ति महामारी लगायतका कुराले कत्तिको असर गर्छ ?

हो, तिनीहरुले पनि असर पार्छन् । जस्तो कोभिडकै कुरा गरौं न । जस्तो दूध बेच्ने व्यक्तिले भुक्तानी लिएर उसले अरु व्यक्तिलाई भुक्तानी गर्छन् । अर्कोले अर्कोलाई भुक्तानी गर्छ र अर्थतन्त्रको चलायमान हुन्छ । जुनबेला अर्थतन्त्रको चक्र रोकिन्छ त्यो बेला सबै कारोवार रोकिने हो । त्यसैले प्राकृतिक विपत्ति महामारीले पनि असर पार्छ ।

तरलताको अभाव भइरहँदा नबिल यस्ता समस्या समाधान गर्न कत्तिको बलियो छ ?

यस्ता समस्या हामीले पहिलेदेखि नै भोगेर आएका हौं । कहिलेकाहिँ ‘रियल स्टेट’हरुका कारण चलेन । अलिक १०–१२ वर्ष पहिले यस्तो भएको थियो । नबिलचाहिँ प्रणालीउन्मुख बैंक भएकोले कर्जामा पनि हामी नियम कानुनभित्र रहेर काम गरिरहेका छौं ।

अर्को कुरा हामीसँग पहिले नै पर्याप्त निक्षेप भएकाले तरलता अभावलाई हामी सामना गरिरहेका छौं । त्यो सामर्थ्य हामीले राखेका छौं ।

कुनै ग्राहकले साँढे ८ अर्ब भुक्तानी माग्दा पनि हामीले दिएका छौं । गत महिना पनि हामीले ठूला भुक्तानी एकैपटक दियौं । तुलनात्मक हिसाबले हेर्दा नबिलले ठूलाठूला रकम पनि सल्टाइरहेको छ ।

त्यसो भए नबिल निक्षेपकर्तालाई जुनसुकै बेला जस्तोसुकै भोलुममा पनि रकम भुक्तानी गर्न तयार छ होइन त ?

हो, तयार छौं । हामीले रकम व्यवस्थापनका साथै सूचना पनि अध्यावधिक गरिरहेका छौं । जस्तो २५ गतेसम्म कर तिर्ने समय तोकिएको छ भने हामी अगाडि नै रकमको तयारी गर्छौं । माग र आपूर्तिको लामो अनुभवका कारण हामीलाई रकम दिन असहज नभएको हो । बढी हुँदा हामी लगानी गरिरहेका हुन्छौं र कम हुने समय हामी निक्षेप बढाउने कार्य गरिरहेका हुन्छौं ।

ग्राहकलाई कष्ट नपुग्ने गरी काम गर्न तपाईंहरु कत्तिको सचेत हुनुहुन्छ ?

यसमा ग्राहक ढुक्क भए हुन्छ । यसमा हामी एकदमै सचेत भएर काम गरिरहेका हुन्छौं । मैले अघि पनि उदाहरण दिएँ, ठूलोठूलो रकम पनि हामीले एकैपटकमा भुक्तानी गरेका छौं ।

नबिललाई विश्वसनीय बनाउन कर्जा र निक्षेपबीच समस्या नआउने गरी कसरी सन्तुलन मिलाइराख्नु भएको छ ?

यसमा त सबै बैंकले अपनाउने तरिका एकै नै हुन्छ । तरिकाको प्रभावकारिताको कुरा हुन्छ । जस्तो ALCO समिति भन्ने हुन्छ । यसको हाम्रो नियमित बैठक हुन्छ । यसमा सम्पूर्ण बजारका कुरा आफ्नो स्थिति, प्रतिस्पर्धी बैंकका तुलना, भोलुम, ब्याजका कुरा र ग्राहकका रोजाइका कुरामा हाम्रो छलफल भइरहेको हुन्छ । रणनीति व्यापारमा पर्ने सबै कुराबारे हाम्रो छलफलबाट निष्कर्ष निकाल्ने चलन छ । यसले बजार र ग्राहकको चाहना बैंकको अवस्था बुझ्न मद्त मिल्छ ।

सबै कुरा बुझेपछि, अब कसरी अघि बढ्ने भनेर हामी बजारमा केन्द्रित हुन्छौं । त्यसको लागि राम्रो तयारी भएको हुन्छ । विस्तृतमा भविष्यको तर्जुमा गरेर हामी अघि बढिरहेको कारण समस्या आएको छैन ।

त्यस्तै हाम्रो नगद शाखा, लेखा शाखाले पनि एकदमै सचेत भएर काम गरिरहेको छ । यिनीहरुबाट हामी सुझाव पाइरहेका हुन्छौं । अर्को महिना हुनसक्ने सम्भावित कर्जाको आँकलन हामी पहिले नै गरिसकेका हुन्छौं ।

तरलता अभावका कुरा हरेक वर्ष देखिइरहने हुँदो रहेछ किन होला ?

साधारणतया हरेक वर्षको पुसको तेस्रो हप्ता देखि तरलता अभाव देखिनु शुरु हुन्छ । पुस मसान्त चैत मसान्त र आषाढ मसान्तमा आयकर तिर्नुपर्छ । त्यतिबेला ठूलो रकम बैंकबाट बाहिरिन्छ । सरकारको प्रोजेक्टहरु पनि त्यहीबेला पारित भएका हुन्छन् र कर्जा लिनेहरु पनि बढ्छन् । त्यसैले हो हरेक वर्ष चार महिनाजति बैंकलाई त्यहीबेला अप्ठेरो पर्ने समय आउँछ ।

यस्ता समस्यामा दिनदिनै पैसा झिकी खर्च गर्नेका कारण आउँछ कि ठूला कर्जा लिनेहरुबाट आउँछ ?

यो त निश्चय पनि ठूला कर्जाबाट आउने समस्या हो । प्रत्येक दिन निकाल्ने राख्ने रकम त क्रमिक रुपमा भई नै रहेको हुन्छ । यसले फरक पार्दैन । अन्तत निक्षेप बढ्ने नै त्यसरी हो ।

समस्या त जतिबेला पनि आउन सक्ने रहेछ । समस्या ठूला र थाहा नपाई आउँदा पनि समाधान गर्ने बाटोहरु छन कि छैनन् ?

हो बाटाहरु छन् । सबैमा हाम्रो आफ्नै प्रक्रिया छ । छलफल गर्छौं । सम्पूर्ण विभागहरुले सूक्ष्म रुपमा सूचना व्यवस्थित गरिरहेको हुन्छन् । ३७ औं वर्षमा हामीले ५३ अर्ब कर्जा थप्यौं । यस्तो कोरोनाका समयमा पनि हामीले यति धेरै काम व्यवस्थित बैंक भएकाले गर्न सक्यौं ।

अन्त्यमा नबिलका ग्राहकलाई के भन्न चाहानुहुन्छ ?

म के भन्छु भने नगद घरमा राखेर काम नगर्नुहोला । हाम्रो बानी अझै पनि त्यस्तो छ । आज हामीसँग कार्ड छ, मोबाइल बैंकिंग, इन्टरनेट बैकिगं छ, क्यूआर कोड आदी छन् । हामी त्यसबाट भुक्तानी गर्न सक्छौं । सबैभन्दा पहिले हामीले बैंकिंगको बानी पार्न जरुरी छ । अनि दोस्रो वालेटको प्रयोग गर्नुहोस् । क्यूआर कोड हरेक बजारमा पाइन्छ । नोट छुन नपरोस् जसले रोग सर्नबाट बचाउँछ र हिसाब किताब पनि राम्ररी देखाउँछ । स्टेटमेन्ट सबै हेर्न सकिन्छ । तेस्रो कसैलाई पैसा दिँदा खातामै दिनुहोस् । जस्तो छोरालाई पैसा दिन चाहानुहुन्छ भने पनि खातामा हालिदिनुहोस् । र अर्को कुरा बचत मात्र नगर्नुहोस् खर्च पनि गरिदिनुहोस् । किनभने खर्च नगरे बजार चल्दैन । बजार चलेपछि अर्थतन्त्र चलायमान हुन्छ ।
र अन्त्यमा नेपालको पहिलो निजी क्षेत्रको बैंक नबिल बैंकमा नेपालमा उपलब्ध भएको बैंकिंग प्रणलीको सबै सुविधाहरु छ । हामी ग्राहकलाई सन्तुष्ट गरिरहेका छौं ।


ADVERTISEMENT

#


यतिसम्म कि विदेशमा पनि नेपालीहरु अरु बैंकको कार्डको तुलनामा नेबिलको कार्ड बढी स्वीकार भएको अनुभवका कारण नबिलको कार्ड लिएर जान मन पराउँछन् । त्यसपछि उहाँहले पनि नबिलमा खाता खोलेर कार्ड बनाएको उदाहरण हामीसँग छ । यसले पनि हाम्रो बैंकको सिस्टम राम्रो छ भनेर गर्व लाग्छ । त्यसैले ग्राहकवर्गलाई हाम्रो बैंकको बैंकिंग प्रणाली बलियो भएको कारण नबिल बैंकको बैंकिंग सुविधाहरु ढुक्क भएर प्रयोग गर्न आग्रह गर्न चाहन्छु ।

प्रतिकृया

प्रतिकृया