काठमाडौँ– नेपालमा अझै पनि सक्रिय कोभिड–१९ संक्रमितको संख्या १८ हजार माथि देखिएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले मंगलबार नेपालमा संक्रिय संक्रमित संख्या १८ हजार ४२२ देखाएको हो ।


ADVERTISEMENT

# # #


जसमध्ये १७ हजार १२५ होम आइसोलेसनमा बसेका छन्, भने एक हजार २९७ जना भने संस्थागत आइसोलेशनमा रहेका छन् ।

यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार १५८ जना नयाँ संक्रमित थपिएका छन् । पिसिआरमार्फत ११ हजार ६७२ र एन्टिजेनमार्फत दुई हजार ३३१ गरी कुल १४००३ मा गरिएको परीक्षणमध्ये थप एक हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरि, पछिल्लो २४ घन्टामा संक्रमणमुक्त हुनेको संख्या १३१८ रहेको छ भने संक्रमणका कारण १२ जनाले ज्यान गुमाएका छन् ।

यससंगै नेपालमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।