काठमाडौँ– अब नेपालमै सङ्क्रमणको जीन सिक्वेन्सिङ (आणुवंशिक)  अध्ययन गर्न सकिने भएको छ ।


ADVERTISEMENT


सोमबार एक सुचना जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले नेपालमै जीन सिक्वेन्सिङ परीक्षणको सुरुवात भएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


यसअघि नेपालमा जीन सिक्वेन्सिङका उपकरण तथा परीक्षण व्यवस्था नभएको कारण परीक्षणका लागि नमुना विदेशमा पठाइने गरिएको थियो ।

नेपालमा पनि देखियो डेल्टा भाइरस

यस्तै, कोरोना भाइरस सङ्क्रमणको आणुवंशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस देखाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको आणुवंशिक अध्ययनमा सबैमा डेल्टा भाइरस देखिएको हो ।

प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन् । प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो ।