काठमाडौँ– परराष्ट्र मन्त्री नारायण खड्काले गत असोज ६ मा लिएको शपथविरुद्ध सर्वाेच्चमा रिट दर्ता भएको छ ।


ADVERTISEMENT


उनको शपथ कानुनको परिकल्पना ढाँचाबिना नै असंवैधानिक तवरबाट गराइएको बताउँदै अधिवक्ता विशाल न्यौपानेले खड्काको शपथविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।


ADVERTISEMENT

# # #


यस्तै, अधिवक्ता न्यौपानेले अदालतसमक्ष शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न/नगराउन आदेश आदेश समेत माग गरेका छन् ।

जसमा भनिएको छ, ‘यो मुद्दाको अन्तिम टुंगो नलागेसम्मको लागि मिति २०७८/०६/०६ मा नियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा संविधान बमोजिम कानुन बनाई सपथ ग्रहण नलिएसम्म मन्त्रीको हैसियतले काम नगर्नूर नगराउनू र संविधानको धारा ८० बमोजिम संघीय कानुन निर्माण नगरी कसैलाई पनि मन्त्रीको हैसियतले सपथ ग्रहण नगर्नूर नगराउनू भनी अन्तरिम आदेश जारी गरी पाऊँ ।’

न्यौपानेले जाहेर गरेको अदालतमा दर्ता भइसकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जनाएका छन् ।