ईलाम– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


ईलाम नगरपालिका–१ नेपालटारस्थित सडकमा ना ५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपालको मंगलबार राति घटनास्थलमै मृत्यु भएको हो । पाँचथरबाट ईलातर्फ आउँदै गरेको प्र १ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सह चलाक राजेशलाई खाना खाई फर्कने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


घटनापछि प्रहरीले ट्रकका दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, तनँहु, ब्यास नगरपालिका–१२ देउरालीस्थित सडकमा ग १६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया चेतकुमारी जैशीको पनि बुधबार बिहान दुर्घटनामा परी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।