मकवानपुर– खोलाले बगाउँदा १२ वर्षीय बालिकाको मृत्यु भएको छ ।


ADVERTISEMENT


राक्सिराङ गाउँपालिका-८ देवीटारस्थित गिरखे खोलाले बगाएर सोही गाउँपालिका बस्ने कृष्ण बहादुर थिङकी छोरी १२ वर्षीया मनिता माया थिङको मंगलबार दिउँसो मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


विद्यालयबाट घर जानका लागि खोला तर्ने क्रममा उनी बेपत्ता भएकी थिइन् । बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ किलोमिटर टाढा उनको शव फेला पारेको थियो ।