डा. शिवजी सिलवाल : कार्डियोलोजिस्ट, नर्भिक अन्तर्राष्ट्रिय अस्पताल


ADVERTISEMENT


पछिल्लो समय मुटुरोगसम्बन्धी समस्या संसारभर नै एक विकराल समस्याको रुपमा स्थापित भएको देखिन्छ । जसकारण पनि मुटुरोगलाई डब्ल्यूएचओले विश्वव्यापी रुपमा व्यक्तिको मृत्यु गराउने प्रमुख कारक तत्वको रुपमा सूचिकृत गरेको छ ।


ADVERTISEMENT

# # #


अझ त्यसमाथि पनि अकस्मात् हुने हृदयघातकै कारण कयौले अकालमै ज्यान गुमाउनु परेको अवस्था डब्लूएचओकै सन् २०१८ को तथ्यांकलाई हेर्ने हो भनेपनि नेपालमा हालसम्म मुटुरोग समस्याकै कारण ज्यान गुमाउने संख्या २०.५३ प्रतिशत(३४ हजार एक सय ६७) रहेको विश्वको सन्दर्भमा नेपाल यसको ३८ औं स्थानमा रहेको पुष्टि गरेको

भर्खरै गत सेप्टेम्बर मा हृदयघातकै कारण मृत्यु भएको ४० वर्षीय चर्चित बलिउडकर्मी सिद्धार्थ शुक्लाको निधन गत २४ भदौमा नेपालकै भेरी अस्पतालमा दर्ता भएको २४ वर्षीय युवकको हृदयघातको केश दर्ता हुनुले पनि हाल यसबाट सबै पक्षहरु उत्तिकै जोखिममा रहेको पुष्टि गरेको

तसर्थ यसकारण पनि प्रत्येक व्यक्तिमा हृदयघात भनेको के हो? यससम्बन्धि केहि आवश्यक ज्ञान हुनु जरुरी रहेको देखिन्छ

हृदयघात भनेको के हो ?

मुटुमा अक्सिजन सप्लाई गर्ने विभिन्न नशा/धमनीहरु रहेका हुन्छन् विविध कारणवश् सोहि नशाहरु ब्लक भएमा अथवा तिनको नियमित कार्यप्रणालीमा अवरोध पुगेको खण्डमा ती धमनीले अक्सिजन प्रवाह गर्ने अन्य भागका मासुहरु अक्सिजन नपाएर क्रमशः मर्न थाल्छन् , त्यसैले निम्त्याउँने जटिल किसिमको आकस्मिक नतिजालाई नै हामी आम बोलिचालीको भाषामाहृदयघातअथवाहार्ट अट्याक्टभनिन्छ यसले व्यक्तिमा अचानक मृत्यु हुनसक्ने जोखिम समेत निम्त्याउँछ

लक्षणहरु

उसो विभिन्न आन्तरिक एवम् बाह्य तत्वको प्रभावको कारण प्रत्येक व्यक्तिमा कुनै पनि रोगको लक्षण एकै किसिम समान रुपमा देखिन्छ भन्ने हुदैँन , हृदयघातको हकमा पनि यो कुरा लागू भएको देखिन्छ

किनकी केहि व्यक्ति अथवा विशेषगरी दोस्रो पटक हृदयघात हुने व्यक्तिहरुको केशमा भने पहिलो पटकको जस्तो लक्षणहरु देखा नपर्न सक्छन् उनीहरुमा कुनै पनि लक्षण नै नदेखिन पनि सक्छ उनीहरुमा एक्कासी हृदयघात हुने गरेको पनि थुपै केशहरु रहेका छन् जसलाईसुशुप्त हृदयाघात’ पनि भनिन्छ

तर, त्यसमध्ये पनि अधिकांश बिरामीमा हृदयघातको दौरानमा साझा रुपमा देखिएको लक्षणलाई भने निम्नानुसार, प्रस्तुत गर्न सकिन्छ :

– छातीमा असहज महशुस हुने
– छाति दुख्ने र छाति गहुँगो भएको भान हुने
– रक्तचाप बढ्ने
– पाखुरा वा छातीको करङ्गको तल्लो भाग दुख्ने अथवा दुखाई सर्दै गएर पिठ्यूँ, बङ्गारा, गर्दन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने अपच हुने,
– सास फेर्न गाहृो भई स्वाँ–स्वाँ हुने,
– चिटचिट पसिना आउने,
– मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने
– वाकवाकी लाग्नेर वान्ता हुने,
– झुम्म, कमजोरी अथवा रिङ्गटा लागेको महसुस हुने
– र, अत्याधिक मात्रामा बेचैनी हुने आदि ।

कारणहरु

वर्तमान समयलाई नियाल्ने हो भने व्यक्तिमा मुटुरोगको समस्या विशेषतः व्यक्ति स्वयम्ले नै निम्त्याएको देखिन्छ । अहिलेका व्यक्तिहरुको खानपिन, रहनसहन, तनाव एवम् विलासितापूर्ण जीवन र उनीहरुको जीवनशैली नै मुटुरोगको प्रमुख कारण बन्न पुगेको छ ।

यद्यपि यसको जोखिमलाई बढावा दिने कारक तत्वहरु निम्न रहेका छन्ः

१. बढ्दो उमेर र पुरुषलिंगी
२. तनाव
३. धुम्रपान
४. शारीरिक रुपमा निस्क्रिय रहने
५. मोटोपन
६. आणुवंशिक
७. अन्य स्वास्थ्य अवस्थाहरु –(जस्तोः उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टोर भएका व्यक्तिहरु) ।

रोकथाम तथा बच्ने उपाय

कुनै पनि रोग लागेर त्यसको निदान गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हो तसर्थ यसका लागि हामीले बेलैमा सजग रहनु पर्छ आफूमा मुटुसम्बन्धि कुनै पनि रोग लाग्न नदिनका लागि व्यक्तिले सर्वप्रथम स्वस्थ उचित आहार एवम् सक्रिय जीवनशैलीलाई प्राथमिकता दिदैँ विलासी एवम् तनावमुक्त जीवनयापनमा विशेष प्राथमिकता दिनुपर्छ

यस्तै, व्यक्तिले माथिका कारक तत्वहरुलाई मनन गरी तिनको सम्पर्कमा नआउने हर प्रयास गर्दै समयसमयमा मुटु जाँच गराउनु पर्दछ अझ विशेषगरी आफ्ना परिवारका कुनै पनि सदस्यमा मुटुसम्बन्धि रोग या हृदयघात देखिएका व्यक्ति यस विषयमा सजग रहदै यसका रिक्स फ्याक्टरहरुबाट टाढै रहनु पर्छ यसरी

आफु अथवा दोस्रो व्यक्तिलाई हार्ट अट्याक्ट आएमा के गर्ने?

सर्वप्रथम हामीले के बुझ्नुपर्छ भने दुर्घटनाको केशमा जस्तो हृदयघातको हकमा कुनै पनि प्राथमिक उपचार भन्ने  हुदैँन त्यसैले यदि व्यक्तिलाई आफु अथवा आफ्नो अगाडि भएको कुनै पनि व्यक्तिलाई हृदयाघात भएको शंका भएमा तत्कालै हृदयरोग उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ साथै त्यस अवस्थामा ३०० एमजीको  एस्पिरिन अथवा डिस्पिरिन एउटा ट्याब्लेट बिरामीलाई तत्कालै खानु/ख्वाइदिनु पर्छ , यसरी तत्कालै गरिएको उपचार नै बिरामीको मुटुमा धेरै हानी हुनुबाट जोगाउने एक उपयुक्त तरिका हो

हृदयघात भएका व्यक्तिलाई समयमै उचित उपचार प्रदान गर्न सकिएको खण्डमा मात्रै पनि धेरैको ज्यान बचाउन सकिन्छ तर, हाम्रो जस्तो गरीबीको रेखामुनी रहेको देशमा जहाँ मेडिकल इन्यूरेन्स लागु गरेको छैन, यहाँका जनताका लागि मुटुरोगीका उपचार निकै नै महँगो सावित हुन्छ त्यो एउटा हाम्रो लागि नकरात्मक पक्ष हो तथापि यसको अर्थ नेपालमा मुटुरोगीको निम्ति उपचार सम्भव छैन भन्ने होइन

नेपालमा पनि मुटुरोगको उपचार सम्भव व्यक्तिको स्वास्थ्य अवस्था अनुसार यसको उपचार  पद्धति भने फरकफरक हुने गर्दछ जुन निम्न छन्ः

-औषधि सेवन
-कोरोनरी हाइड्रोप्लाष्टि
-बाइपास सर्जरी
-पेसमेकर वा सीआरटी ।

मुटुरोगका लागि चुनौती बन्दै विलासिता तनाव

वर्तमान समयको भागदौडको जीवनयापन शैलीले अधिकांशमा मुटुरोगको समस्या बढाएको देखिन्छ । व्यस्त जीवनशैलीका कारण अधिकांश व्यक्ति चिन्ता र तनावबाट गुज्रिएका हुन्छन् । जसले पनि व्यक्तिमा रक्तचाप बढाउँदै मुटुरोग निम्त्याई रहेको हुन्छ ।

यस्तै, बढ्दो प्रविधियुक्त जीवनशैलीका कारण आजका व्यक्तिहरु लामो समयसम्म एकै ठाउँमा निस्क्रिय जीवन यापन गरिरहेका छन् । यसका साथै उनीहरुले पैदल यात्रालाई भन्दा सवारी यात्रालाई बढि प्राथमिकता दिएको देखिन्छ ।

यसैगरि, मनोरञ्जनका, समय बचत तथा सहजका नाममा प्रयोग गरिने विभिन्न तयारी अवस्थाका खाना एवम् पेय पदार्थले पनि मुटु बिगार्छ । र, व्यक्तिका यस्ता गतिविधिले उनमा मुटुरोगको समस्या निम्त्याउँदै मृत्युको जोखिम समेत बढाउँछ । तसर्थ हामीले मुटुरोगबाट टाढा रहनका लागि विलासी एवम् तनावपूर्ण जीवनबाट हरदम टाढा रहने प्रयास गर्नुपर्छ । यसका लागि हामीले उचित आहारको प्रयोग र गुणस्तरीय जीवनशैली अपनाउनु पर्दछ ।

यसका साथै मुटु स्वास्थ्यका लागि मानसिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले हामीले सदैव खुशी रहने प्रयास गर्दै नियमित व्यायाम तथा योगालाई विशेष प्राथमिकता दिनुपर्छ । र, याद राखौँ तनाव र विलासीमुक्त जीवन नै स्वस्थ्य मुटुको मुल मन्त्र पनि हो ।

(विश्व मुटु दिवसको अवसरमा डा. सिलवालसँग हिमालय पोष्टकर्मी सृजना मगरले गरेको कुराकानीमा आधारित ।)