काठमाडौँ– भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने अनुराग श्रीवास्तवले काभ्रेपलाञ्चोकका विद्यालयहरु अवलोकन गरेका छन् ।


ADVERTISEMENT


विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने श्रीवास्तवले भारतको सहकार्यमा पुननिर्माण भएका जिल्लाका सात विद्यालयहरुको अवलोकन गरेका हुन् ।


ADVERTISEMENT

# # #


भारतीय दूतावास स्रोतका अनुसार विद्यालय अवलोकनका लागि उनी काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँस्कोटासंग विद्यालय परिसर पुगेका थिए । त्यहाँ उनीहरुसंग काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग, तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माको समेत उपस्थित रहेको थियो ।

उक्त भेटमा उनीहरुले संयुक्त रुपमा विद्यालयको उद्घाटन समेत गरेका छन् ।

श्रीवास्तव संयुक्त परियोजना अनुगमन समितिको बैठकमा सहभागी हुन मंगलबार काठमाडौँ आइपुगेका हुन् ।