काठमाडौं – राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत धेरै जिल्लाहरुमा बिहानैदेखि मौसम हिजोको तुलनामा आज परिवर्तन भएको छ । काठमाडौं उपत्यकामा बिहानैबाट बदली भएको छ ।


ADVERTISEMENT


त्यस्तै अन्य बाहिरी जिल्लाहरुमा पनि मौसम परिवर्तन भएको बताइएको छ । केही प्रदेशका उच्च एवं हिमाली जिल्लामा भने हावाहुरीसहित वर्षा र चट्याङको पनि सम्भावना रहेको महाशखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, दिउँसो पनि देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।