एजेन्सी – जापानको नयाँ प्रधानमन्त्री फुमियो किसिडा बन्ने भएका छन् । उनी यसअघि जापानी विदेशमन्त्री भइसकेका छन् ।


ADVERTISEMENT


किसिडाले आफ्नो पार्टी एवं सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) भित्रको प्रतिस्पर्धामा टारो कोनोलाई हराएर प्रधानमन्त्री हुन लागेका हुन्।


ADVERTISEMENT

# # #


योसँगै किसिडाले अब जापानका वर्तमान प्रधानमन्त्री योसिहिदो सुगाको स्थान लिने भएका हुन् । जापानमा जो सत्तारूढ पार्टीको प्रमुख हुन्छ, उसैले सरकारको नेतृत्व गर्ने चलन छ।

सुगाले एक वर्ष अघि नै प्रधानमन्त्री बनिसकेपछि पदबाट हट्ने कुरा बताएका थिए।

किसिडा लामो समयदेखि प्रधानमन्त्री बन्ने प्रयासमा थिए । तर, गत वर्षको चुनावमा उनी सुगासँग हारेका थिए।