काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ तोकिएको छ ।


ADVERTISEMENT

# # #


तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ कायम गरिएको छ । जुन बुधबार प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १२० रुपैयाँ तोकिएको छ ।