गोरखा – गोरखा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा  नेपाली कांग्रेसका युवा नेता सुरेन्द्र भण्डारी विजयी भएका छन् ।   उनी लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि भएका हुन् ।


ADVERTISEMENT


भण्डारी नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवसमेत रहेका छन् । कांग्रेसमा उनी एक आशा लाग्दा नेता हुन् ।  गोरखा क्षेत्र नं २ को अधिवेशनमा भण्डारीले सबैभन्दा धेरै मत ल्याएर खस आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । भण्डारीले ३११ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


भण्डारीले  महाधिवेशनमा आफूलाई लोकप्रिय मत दिएर निर्वाचित गराएकोमा भण्डारीले मतदाताहरूलाई धन्यावाद दिएका छन् । उनले कांग्रेसका लागि आफूले इमान्दारिताका साथ काम गर्नेसमेत बताए ।