काठमाण्डौं-पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ ।


ADVERTISEMENT


आयोग स्रोतका अनुसार उनीहरूको बयान सकिसकेको छ भने आरोप पत्र तयार गरी मुद्दा दायर गर्न मात्र बाँकी छ । ‘अब मुद्दा दर्ताका क्रममा केही बुझ्न आवश्यक भए मात्र बोलाइन्छ नत्र मुद्दा जान्छ,’ अख्तियारका एक अनुसन्धान अधिकृतले भने । ३ फागुन २०७३ मा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्याललाई अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले प्रारम्भिक छानबिन थालेको थियो ।


ADVERTISEMENT

# # #


अख्तियार स्रोतका अनुसार अर्याललाई सम्पत्ति विवरणसम्बन्धी १३ पानाको फारमसमेत भराइएको थियो । उनले भरेको सम्पत्ति विवरण र आयआर्जनको कारण फरक परेपछि बयानका लागि बोलाइएको थियो ।

आयोगले अर्याल प्रहरी प्रमुख हुँदा प्रहरीको लत्ताकपडा र सवारी साधनको खरिद तथा सप्तरी पुख्र्यौली घर भए पनि सिन्धुलीमा धेरै जग्गा भेटिएपछि अनियमितता गरेको आशंका गरेको थियो । उनलाई गत आइतबार नै बयानका लागि अख्तियारमा बोलाइएको थियो । बयानपछि उनको मुद्दा तयारी अवस्थामा रहेको आयोग स्रोतले जनाएको छ ।-आजको राजधानीबाट