वीरगञ्ज – आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहुँदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


कार्यालयका लागि आवश्यक कोठा नहुँदा साँघुरो भवनबाट सेवाप्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख कुशेश्वर शाहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


“निमित्त कार्यालय प्रमुखका लागिसमेत छुट्टै कोठा छैन”, निमित्त कार्यालय प्रमुख शाहले भने, “ म पनि फाँटमा बसेर काम गर्दै आएको छु ।” दैनिक एक हजारको हाराहारीमा यस कार्यालयमा विभिन्न कामका लागि सेवाग्राही आउँछन् । बल्लतल्ल सेवाप्रवाह पुर्‍याएको कार्यालयको दाबी छ ।

दुईवटा भवनमा रहेको यस कार्यालयको मासिक भाडा रु ८४ हजार तिर्नुपर्छ । विसं २०६० माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा यस कार्यालय स्थापना भएको थियो । स्थापना भएको १८ वर्ष बितिसक्दा पनि कार्यालय भवन निर्माण हुन नसक्दा साँघुरो गरी सेवाप्रवाह गर्दै आएको कार्यालयले जनाएको छ । रासस