काठमाडौं – नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले आफ्नो पुस्तकमा नेपालको राजनीतिमा भारतको सुक्ष्म हात हुने कुरालाई नकारेका छन् । उनले भारत सँधै नेपालको हितको पक्षधर रहेको दर्शाउँदै कुनै पनि राजनीतिक नियुक्तिमा भारतको हात नभएको ‍‍औंल्याएका हुन् ।


ADVERTISEMENT


उनले नेपालको राजनीति, प्रशासन वा अन्य कुनै पनि संयन्त्रमा भारतीय ‘माइक्रो–म्यानेजमेन्ट’ (सूक्ष्म व्यवस्थापन) रहने भन्ने चर्चा  निराधार रहेको तर्क दिएका छन् । जसमा उनले उदाहरण समेत दिएका छन् ।  २०७३ फागुनमा नेपालको प्रहरी संगठनमा उब्जिएको विवादलाई उदाहरण बनाएरसमेत रेले  भारतले नेपालको कुनै पनि राजनैतिक नियुक्ति र प्रशासनिक कुरामा दखल  नदिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


यसै साता बजारमा आएको रेको ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज)’ पुस्तकमा तत्कालीन सरकारका गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) आकांक्षीका बारेमा खुलेर टिप्पणी गरेका छन् ।

आफ्नो लेखाइमा कसैको नाम नलिए पनि तत्कालीन शेरबहादुर देउवा सरकार, गृहमन्त्री विमलेन्द्र निधि र आईजीपी उपेन्द्रकान्त अर्यालको अवधि सकिएपछिको ‘अन्योल’ तथा राजनीतिक खेलकुद बुझिने गरी घटनाक्रम लेखेका छन् ।

रेले नेपालको राजनीति, प्रशासनसंयन्त्र र संरचनामा भारतीय प्रभावको वर्चस्व रहेको र अतिशय ‘माइक्रो–म्यानेजमेन्ट’ हुने गरेको भन्दै चल्ने गरेको चर्चाको यो उदाहरणसहित प्रतिवाद गरेका हुन्।

जसमा उनले क्षमता र वरिष्ठताकै आधारमा नियुक्ति हुनु राम्रो भएको सुझावसमेत दिएको बताएका छन् ।