काठमाडौँ– प्रधान न्यायधिश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषदमा आफ्नो भाग लागेको कुरा सत्य नभएको बताएका छन् ।


ADVERTISEMENT


उनले न्यायधिश जबराका तर्फबाट पनि एक जना मन्त्री बन्न लागेको भन्ने समाचार सत्य नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त कुरामा कुनै पनि सत्यता नरहेको भन्दै उनले त्यसलाई ‘जोक’ को संज्ञा दिएका छन् ।

मन्त्रालय बाँडफाँटमा न्यायधिश जबराले पनि भाग खोजेको समाचार सार्वजनिक पछि सोमबार सर्वोच्च बार एशोसिएसनका अध्यक्षपूर्णमान शाक्यसहित अन्य पदाधिकारी जबरालाई भेट्न पुगेका थिए ।

आज बिहान भएको उक्त भेटमा सर्वाेच्च बारका अधिकारीहरुले सो समाचारका विषयमा चासो राख्नुका साथै झुट भएको खण्डमा त्यसको खण्डन गर्नुपर्ने बताएका थिए ।

त्यसैक्रममा प्रधानन्याधीश जबराले पनि  सो कुरा सत्य नभएको भन्दै त्यसको खण्डन गर्ने जनाएका छन् ।