बर्दिया – बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बागलुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् । रासस