काठमाडौँ – नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।


ADVERTISEMENT


शपथ ग्रहण सँथै अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बैँक अध्यक्षको पद बहाली गरुेका छन् । उनलाई बैँकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बैँकका वरिष्ठ अधिकृतहरुले स्वागत गरेका छन् ।


ADVERTISEMENT

# # #


श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबार बसेको बैँकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य थिए ।