काठमाडौँ – साढे ३३ किलो सुन प्रकरण र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको फैसला सुनाएको छ ।


ADVERTISEMENT


मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले सनम शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गर्दै गोरेलाई जन्मकैदको फैसला सुनाएको हो । साढे ३३ किलोग्राम सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा भरिया सनम शाक्यको हत्या गरिएको थियो ।


ADVERTISEMENT

# # #


सुन काण्डमा गोरेसँगै ८ जनाले सजाउ पाएका छन् । सजाय पाउनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

सोही घटनामा आरोपी बनाइएका प्रहरीका बहालवाला तथा अवकाशप्राप्त सबै प्रहरी कर्मचारीहरूलाई भने अदालतले सफाई दिएको छ ।

सुन तस्करीमा सघाएको र अपराधी भगाउन सहयोग गरेको भन्दै प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, हालका डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यलाई प्रतिवादी बनाइएको थियो ।

उनीहरुमध्ये खत्री र राउतबाहेक अरु उच्च अदालत विराटनगरको आदेशमा त्यसैबेला छुटेका थिए । तर,मंगलबारको फैसलासँगै सबै प्रहरी अधिकृतले सबैले सफाइ पाएका हुन् ।