काठमाडौँ– कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ ।


ADVERTISEMENT


सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागी कम्पनीको प्रयासलाई दर्शाउँदै कम्पनीले आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट रिलिज गरेको हो ।


ADVERTISEMENT

# # #


रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिंग, कार्बन कटौती, कोभिड–१९ को बेलाको प्रतिक्रिया सहित कर्पोरेट नागरिकताका व्यक्तिहरुलाई फाइदा पुर्‍याएको छ, जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेका छन् ।

जसरी कोका–कोलाले आफ्नो दशकको कार्यलाई सम्पन्न गर्दै गइरहेको छ, यसले संयक्त राष्ट्र संगको १७ वटा दिगो विकास लक्ष्यहरुलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको कम्पनीको भनाई छ । उक्त रिपोर्ट रिलिजको समारोहमा बोल्दै नेपालमा कोका– कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले ‘कोका –कोलाको प्रणालीले व्यापार वृद्धि गर्नको लागी दिगोपनलाई एक सर्तको रुपमा लिएको बताएका छन् ।

यस्तै, बाटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिपले कोका–कोलाको नेपालमा दिगोपनको प्रगति समय भन्दा अगाडि रहेको जनाएका छन् । उनले भने, ‘यो रिपोर्ट एक राम्रो सुरुवात हो जसले यात्राको क्रममा हाम्रो प्रणालीको प्रयासलाई दर्शाएको छ ।’

यसका साथै उनले यस पहलमा कम्पनीसंग साझेदारी गर्ने सबैमा आभार समेत प्रकट गरेको छ ।