काठमाडौँ– नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।


ADVERTISEMENT


यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्ट्स पेमेन्ट, डकुमेन्ट अगेन्ट्स एसेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमूख कार्यकारी अधिकृत श्री रवि चन्द्र गुरुङबिच उक्त सम्झौता आदानप्रदान भएको हो ।