काठमाडौँ– तोकिएको भन्दा बढि भाडा लिन खोज्ने ९ जना विचौलिया प्रहरी फन्दामा परेका छन् ।


ADVERTISEMENT


उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिन खोज्ने ९ जना विचौलियालाई काठमाडौँबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


विभिन्न टिकट काउण्टरमा आवद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई ‘टिकट काटिदिन्छु’ र ‘टिकट काउण्टरको कर्मचारी हुँ’ भन्दै भाडा बार्गेनिङ्ग गर्ने प्रकाउ परेका हुन् ।

प्रकाउ पर्नेमा भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ, धनकुटाका ३० वर्षिय किरण लिम्बु र सुनसारीका २८ वर्षे सविन राई, काठमाडौँ बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षे विशाल गुरुङ्ग, कैलालीका २९ वर्षे रमेश कठायत गंगबुबाट, काठमाडौँको कलंकीबाट वर्ष ३९ को नवीन केसी, अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका ३७ वर्षीय विनोद राना रहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

उनका अनुसार, पक्राउ परेकालाई थप कारवाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाइएको छ ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको छ ।

यसका लागि चाडपर्वको मौका छोपी यात्रुहरुलाई ठगी गर्ने, बढि भाडा लिने, डबल टिकट काट्ने समुहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यवस्था गर्न ट्राफिक प्रहरीले बिशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको छ ।

प्रहरीहरु पोसाक र साद पोसाकमै पनि खटिएर यात्रुहरुसँग बढि भाडा लिई टिकट काट्ने व्यक्तीहरुलाई निग्रानी गर्ने, आफै यात्रु बनेर
भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिने व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने गरेको उपरीक्षक भट्टराईको भनाई छ ।