काठमाडौँ – नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को ‘प्लेयर अफ द मन्थ’ अर्थात महिनाको उत्कष्ट खेलाडीको मनोनयनमा परेका छन् । आईसीसीले सेप्टेम्बर महिनाका लागि बुधबार सार्वजनिक गरेको तीन जनाको सूचिमा सन्दीप परेका हुन् ।


ADVERTISEMENT


सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमेद र अमेरिकाका विष्फोटक ब्याटर जस्करन मल्होत्रा सूचिमा रहेका छन् । सन्दीपले गत सेप्टेम्बर दोस्रो साता ओमानमा आईसीसी ओडीआई लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग तथा पपुवा न्यूगिनीसँगका एकदिवसीय खेलमा उत्केष्ट प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


जसमा ६ खेलमा सन्दीपले १८ वटा विकेट लिएका थिए । ओमानविरुद्धको एक खेलमा स्वास्थ्यमा समस्या आएपछि बलिङ गर्न नपाएका उनले पपुवा न्यूगिनीविरुद्धका दुई खेलमा क्रमशः ४ र ६ विकेट लिएका थिए ।

सन्दीपसँगै ‘लेयर अफ द मन्थ’को सूचिमा अटाएका अमेरिकाका जस्करन मल्होत्राले पपुवान्यूगिनीविरुद्ध एकै ओभरमा ६ छक्का ठोकेका थिए । यस्तै बंगलादेशलाई न्यूजिल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा उत्कष्ट प्रदर्शन गरेका थिए । ‘प्लेयर अफ द सिरिज’ चुनिएका उनले ५ खेलमा ८ विकेट लिएका थिए ।

आईसीसीको ‘प्लेयर अफ द मन्थ’को सूचिमा पर्ने सन्दीप दोस्रो नेपाली खेलाडी हुन् । यसअघि गत बैशाखमा नेदरल्याण्ड र मलेसियासँग नेपालमा भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा उत्कष्ट प्रदर्शंन गरेका कुशल भुर्तेल पहिलो पटक सूचिमा परेका थिए । यद्दपी उनले जित्न भने सकेका थिएनन् ।

सन्दीपलाई यसरी गर्नुहोस् भोट

भोटिङका आधारमा चयन हुने ‘प्लेयर अफ द मन्थ’का लागि आईसीसीले अनलाइनबाट भोटिङ गर्न मिल्ने व्यवस्था गरेको छ । जसका लागि आईसीसीको वेबसाइटमा गई भोट गर्न सकिनेछ ।

आईसीसीले भोटिङको नतिजा अर्को साता सार्वजनिक गर्ने जनाएको छ ।

सन्दीपलाई भोट गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://www.icc-cricket.com/awards/player-of-the-month/mens-player-of-the-month