काठमाडौँ – दोस्रो प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ ।


ADVERTISEMENT


नेपाल बक्सिङ संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक २९ गतेबाट मंसिर ३ गतेसम्म संचालन हुने जनाएको छ । प्रकाश दाहाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा हुने प्रतियोगिता आईबाको नियम अनुसार खेलाईने संघले जनाएको छ । पुरुषतर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी,६० केजी, ६३.५ केजी, ६७ केजी, ७१ केजी, ७५ केजी, ८० केजी, ८६ केजी, ९२ केजी र ९२ केजी माथिको तौल समूहमा स्पर्धामा प्रतिस्पर्धा हुने छ ।


ADVERTISEMENT

# # #


त्यस्तै महिलातर्फ ४८ केजी, ५०केजी, ५२ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी र ६६ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिताको सम्पूर्ण तौल समूहको विजेतालाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको संघका प्रवक्ता श्याम काजी अवालेले जानकारी दिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने बताईएको छ । यस प्रतियोगितालाई अन्तराष्ट्रिय प्रतियोगिताको छनोटको रुपमा समेत लिएको बक्सिङ संघले जनाएको छ । प्रतियोगीताको अनुमानित लागत ३५ लाख रुपैया रहेको आयोजकले जनाएको छ ।