काठमाडौँ– युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ‘युवासंग-महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ ।


ADVERTISEMENT


यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत उक्त  कार्यक्रम सम्पन्न भएको छ । बुधवार बिहान बेनी सामूदायिक माध्यमिक विद्यालयमा १०५ विद्यार्थीहरुको उपस्थितमा ‘युवा संग–महालक्ष्मी लाईफ’ नामक सो कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेका थिए, भने सावित्रा खत्रीले संचञ्चालनमा सम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।

यसैगरि हिजो मंगलबार धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि ‘युवा संग–महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रम सम्पन्न भएको थियो ।

२५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गरेका थिए । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गर्नु भएको कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।