जनकपुर – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत पाएका छन् । बधबार विश्वासको मत लिएका मुख्यमन्त्री राउतलाई दुई तिहाई प्रदेश सांसदले समर्थन गरेका छन् ।


ADVERTISEMENT


प्रदेशसभामा आज भएको मतदानमा मुख्यमन्त्री राउतको पक्षमा ७७ मत पर्यो भने उनको विपक्षमा २३ सांसदले मतदान गरेका छन् । कूल १०४ सांसद रहेको प्रदेश नं. २ को प्रदेशसभामा मुख्यमन्त्री राउतले पाएको मत दुई तिहाई पुगेको हो ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री राउतको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोकपा) र नेकपा एमालेका सांसदहरुले मतदान गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा)सँगै राउतलाई पाँच दलीय गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले समर्थन गरेका हुन् ।