सल्यान– सल्लीबजार जाजरकोट सडकखण्डमा जाँचका क्रममा वनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका २४ वर्षीय राजु भण्डारी पक्राउ परेका छन् ।


ADVERTISEMENT


मोटरसाइकलको कागजात जाँच गर्ने क्रममा ७०० ग्राम जिलेटिन भण्डारीको साथबाट फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धानपछि मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेरीनदीमा माछा मार्नका लागि जिलेटिन ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ ।