काठमाडौँ– डिशहोमका ग्राहकले अब डिजिटल रिचार्जमा बोनस प्राप्त गर्न सक्ने भएका छन् ।


ADVERTISEMENT


चाडबाडको माहोललाई थप रंगिन बनाउन डिशहोमले आफ्ना ग्राहकमाझ ल्याएको फेस्टिभ अफरअनुरुप रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस प्राप्त गर्न सक्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयासम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै ग्राहकहरुले अब मासिक रु. ८९९ मा नै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल ब्यान्ड राउटरको साथमा लिन सक्नेछन् भने, डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न समेत जान पाउने छन् ।

यस्तै, हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ ।