काठमाडौँ–  नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लि. ले ‘दक्षिणा अफर’ लिएर आएको छ ।


ADVERTISEMENT


नेपलीहरुको महान् चाडमा झन् खुशिको माहोल थप्ने ध्येयले सुबिसुले ग्राहकहरु माझ सुबिसु ‘दक्षिणा अफर’ ल्याएको हो ।


ADVERTISEMENT

# # #


यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबिपीएस इन्टरनेटको वार्षिक सेवा मात्र रु १३ हजार ९९९ मै प्राप्त गर्न सक्नेछन् ।

अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सक्ने भएको हो ।

यसका साथै ग्राहकले वार्षिक सेवाको भुक्तानी ई-सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड उपहार यानिकी ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ ।

चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्देश्यका साथ यो अफर लेराइएको हो । अफर सिमित अवधिका लागि लागु भइ शर्त तथा नियमहरु लागु हुनेछ ।