काठमाडौँ – सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आपसी मतभेदलाई अन्त्य गर्दै शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको एक नेताले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्रालय बाँडफाँडको विषयमा दलहरुबीच असमझदारी भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनको बैठक बोलाएका थिए ।

बैठकमा मन्त्रालयका बिषयमा असन्तुष्टि राखेको नेकपा एकीकृत समाजवादीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिने सहमति समेत भएको बालुवाटार स्रोतले जनाएको छ ।