कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिकाको पिउने पानीमा दिसामा पाइने जीवाणु कोपलफर्म र इकोली फेला परेको पाइएको छ ।


ADVERTISEMENT


जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार प्रभावित क्षेत्रको पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु फेला परेको हो । कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले प्रभावित क्षेत्रबाट संकलन गरेको पानीको नमुनामा कोलिफर्म भेटिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


कार्यालयले नेपाल खानेपानी संस्थान बहादुरगन्ज शाखाबाट वितरण गरिएको धारा, ४० फिटभन्दा माथि गाडेका चापाकल र सय फिटभन्दा कममा गाडेको कलको पानीबाट नमूना लिएको जनाएको छ । संकलित नमूना बाणगंगास्थित प्रदेश स्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रयोगशालाले दिएको जानकारीअनुसार अत्याधिक मात्रा कोलिफर्म र दिसामा पाइने जीवाणु फेला परेको जानकारी आएको घिमिरेले बताए । स्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रबाट संकलन गरेको दिसाको नमूना परीक्षणको रिर्पोट पनि बिहीवार रातीसम्म आउने जनाएको छ ।