काठमाडौँ – नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेपाललाई कोभिडमुक्त बनाउने काममा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार सपथग्रहणपछि मन्त्रालयमा पुगेर पदवहाली गर्दै मन्त्री खतिवडाले कोरोनाको नियन्त्रणमा बिशेष ध्यान दिने र नेपाललाई कोरोनामुक्त देश बनाउन पहल गर्ने बताएका हुन् । उनले गठबन्धन सरकारले सार्वजनिक गरेको साझा कार्यक्रम अनुसार काम अगाडि बढाउने कुरामा पनि आफूले प्राथमिकता दिने धारणा राखे । उनले अनियमितता र भ्रष्टाचार नियन्त्रणमा पनि केन्द्रित रहेर काम गर्ने पनि बताएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै शुक्रबार नै स्वास्थ्यराज्यमन्त्री भवानीप्रसाद खापुङले पदवहाली गरेका थिए । पदवहालीका क्रममा राज्यमन्त्री खापुङले जनताले सहज रुपमा सेवा पाउने वातावरण बनाउन आफू लागिपर्ने प्रतिक्रिया दिए ।