काठमाडौँ – नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार मन्त्रालयमा पदबहालीपछि मन्त्री कार्कीले लोकतन्त्रमा प्रेस स्वतन्त्रतता आवश्यक रहेको भन्दै सरकार यस बिषयमा प्रतिवद्ध रहेको बताएका हुन् । उनले सञ्चारमाध्यमको विकृतिलाई रोक्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले सरकारको कामकारवाहीलाई पारदर्शी बनाउन सूचना प्रविधीको उच्च प्रयोग अपरिहार्य रहेको तर्क गरे । मन्त्री कार्कीले डिजिटल हस्ताक्षर गर्दै पदवहाली गरेका थिए ।