काठमाडौँ – सत्ता गठबन्धनबीचको खिचातानकाबीच अन्ततः मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार जना मन्त्री थपिएसँगै सरकार गठन भएको ८८ दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।


ADVERTISEMENT


शुक्रबार रक्षामन्त्रीमा मीनेन्द्र रिजाल, कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा दिलेन्द्रप्रसाद बडू नियुक्त भएका हुन् । यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा उमा रेग्मी र खानेपानीमन्त्रीमा उमाकान्त चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन् ।


ADVERTISEMENT

# # #


२५ सदस्यीय मन्त्रिमण्डलमा अब नेपाली कांग्रेसबाट प्रधानमन्त्री बाहेक ७ मन्त्री र १ राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो शपथसँगै गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन मन्त्री तथा सरकारका प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्कीलाई नियुक्त गरेका थिए । कार्कीलाई हरफेर गर्दै सरकारका प्रवक्ता र सूचना तथा सञ्चार प्रविधिमन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यसपछि दुई पटक भएका मन्त्रिपरिषद् विस्तारमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ तथा डा. नारायण खड्का परराष्ट्र मन्त्री बनेका थिए । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई राज्यमन्त्रीका रुपमा प्रधानमन्त्रीको कार्यालयमा पठाइएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् भने शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाएकी छन् । यस्तै महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री बन्न सफल भएका छन् । माओवादीबाट यसअघि जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनिसकेकी छन् ।

सरकारमा एमालेबाट अलग्गिएर बनेको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट ५ जना मन्त्री बनेका छन् । जसमा रामकुमार झाँक्री सहरी विकासमन्त्री बनेकी छन् भने विरोध खतिवडा स्वास्थ्यमन्त्री, प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री र कृष्णकुमार श्रेष्ठ (किसान) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । भवानी खापुङलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीले ४ वटा मन्त्रालय १ राज्यमन्त्रालय पाएको छ । जसस अनुसार भौतिक पुर्वाधार तथा यातायातमन्त्रीमा रेणु यादव नियुक्त भएकी छन् भने राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, रामसहाय प्रसाद यादव वन तथा वातावरणमन्त्री र महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका छन् । यस्तै वोधमाया कुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन् ।

यस्तो छ मन्त्रीमण्डल

प्रधानमन्त्री : शेरबहादुर देउवा

गृहमन्त्री : बालकृष्ण खाँण

सरकारका प्रवक्ता र सूचना तथा सञ्चार प्रविधिमन्त्री : ज्ञानेन्द्र बहादुर कार्की

ऊर्जा मन्त्रालय : पम्फा भुषाल

संघीय मामिला तथा सामान्य प्रशासन : राजेन्द्र श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या : विरोध खतिवडा

अर्थ मन्त्रालय : जनार्दन शर्मा

रक्षा मन्त्रालय : मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय : उमाकान्त चौधरी

परराष्ट्र मन्त्रालय : नारायण खड्का

भौतिक पुर्वाधार तथा यातायात : रेणु यादव

संस्कृति पर्यटन तथा नागरिक उड्यन : प्रेम आले

कानुन न्याय तथा संसदीय मामिला : दिलेन्द्र बडु

शिक्षा विज्ञान तथा प्रविधि : देवेन्द्र पौडेल

कृषि तथा पशुपन्छी विकास : महिन्द्र राय यादव

महिला बालबालिका तथा ज्येष्ठ नागरिक : उमा रेग्मी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण : शशी श्रेष्ठ

सहरी विकास मन्त्रालय : रामकुमार झाँक्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय : गजेन्द्र हमाल

वन तथा वातावरण : रामसहाय प्रसाद यादव

श्रम रोजगार तथा सामाजिक सुरक्षा : कृष्णकुमार श्रेष्ठ (किसान)

युवा तथा खेलकुद मन्त्रालय : महेश्वर गहतराज

उमेश श्रेष्ठ : राज्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

स्वास्थ्य राज्यमन्त्री : भवानीप्रसाद खापुङ

वोधमाया कुमारी यादव : राज्यमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री