काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसका महत्वपूर्ण साथीहरू छुटेको बताएका छन् ।


ADVERTISEMENT


उनले पार्टीमा लामो समय काम गरेका र क्षमता भएका साथीहरु मन्त्री परिषदमा बाध्यताले समेट्न नसकेकोमा  दु:खसमेत व्यक्त गरेका  छन् ।


ADVERTISEMENT

# # #


बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताएका हुन् ।

शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै  यो आफ्नो बाध्यता भएको बताए ।

गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको उनको भनाइ छ । गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताए ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले कार्यक्रममा बोल्दै विश्वेश्वर कोइरालाको प्रजातान्त्रिक धारणलाई प्रकाश पारे । महरले आजको विश्वमा डेमोक्रेसी नै अपरिहार्य सत्य रहेका पनि बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको कार्यक्रममा बोल्दै स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाका अध्यक्ष सूर्य लम्सालले विपीको गहिरो प्रजातान्त्रिक सिद्धान्तले नेपाललाई रुपान्तरण गर्न सकिने बताए ।

पुस्तक स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेताहरु र बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।