काठमाडौं –  स्कुल अफ डेमोक्रेसीले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ’ नामक पुस्तक विमोचन भएको छ ।


ADVERTISEMENT


प्रजातन्त्रका लागि लड्दै आएको अग्रणी संस्था स्कुल अफ डेमोक्रेसीले बालुवाटारमा एक कार्यक्रम गरी पुस्तक बजारमा  ल्याएको हो ।


ADVERTISEMENT

# # #


पुस्तक विमोचन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरे ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले कार्यक्रममा बोल्दै विश्वेश्वर कोइरालाको प्रजातान्त्रिक धारणलाई प्रकाश पारे । महरले आजको विश्वमा डेमोक्रेसी नै अपरिहार्य सत्य रहेका पनि बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको कार्यक्रममा बोल्दै स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाका अध्यक्ष सूर्य लम्सालले विपीको गहिरो प्रजातान्त्रिक सिद्धान्तले नेपाललाई रुपान्तरण गर्न सकिने बताए ।

पुस्तक स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेताहरु र बुद्धिजीवीहरुको उपस्थिति थियो ।

कार्यक्रमका थप फोटोहरु : नेता नैनसिंह महरको फेसबुकबाट