चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योग तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट नियुक्त भएको भन्दै उक्त विषय प्रधानन्यायाधीशसँग नजोडिएको बताएका छन्।


ADVERTISEMENT


मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नाम मुछिएको विषयलाई प्रचण्डले हमाल कांग्रेसको कोटामा मन्त्री भएको स्पष्ट पारेका हुन्।


ADVERTISEMENT

# # #


भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डलेले कांग्रेसको अध्यक्ष भइसकेको मान्छेलाई अनावश्यक रुपमा उचालिएको दाबी गरे।

उनले प्रधानन्यायाधीश र उद्योगमन्त्रीको बचाउ गर्दै अनावश्यक रुपमा होहल्ला गरिएको टिप्पणी गरेका छन्। ‘नेपाली कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो, कांग्रेसकै कोटाबाट मन्त्री हुनुभएको छ। यो हो-हल्ला गर्नु कुनै आवश्यक नै छैन । ’

उनले भने, ‘जब नेपाली कांग्रेसले नै आफैँ मान्छे हो भनेर आफ्नै कोटाको मन्त्रीको रुपमा ल्याइसकेपछि त्यसलाई  यता हो र त्यता हो भनेर अनावश्यक अरु चर्चा गर्नुको केही तुक छैन।’