काबुल – अफगानिस्तानको कुन्दुजस्थित हजारा-शिया मस्जिदमा आत्मघाती विस्फोट भएको छ ।  प्रार्थनाकै  बेला आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


ADVERTISEMENT


घटनामा १ सय जनाभन्दा बढी घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


कुन्दुज केन्द्रीय अस्पतालका चिकित्सकहरूका अनुसार अस्पतालमा ३५ शव पुगेका छन् । घाइतेको उपचार भइरहेको छ ।

अफगानिस्तानमा तालिबानको सरकार बनेपछि देशमा यो सबैभन्दा ठूलो आक्रमण हो । तालिबान प्रवक्ता जबीहुल्ला मुजाहिदले मस्जिदमा विस्फोट हुँदा कयौँ मारिएको पुष्टि गरेका छन् ।

तर, हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

यद्यपि, त्यहाँ इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् ।

इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस(केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ । एजेन्सीको सहयोगमा