काठमाडौं – पोखरा राइनोजले आज एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा चितवन टाइगर्सलाई जितका लागि ११२ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पोखराले १७।५ ओभरमा सबै विकेट गुमाएर १११ रनमात्र बनाएको हो ।


ADVERTISEMENT

# # #


चितवन र पोखरा यसअघि पनि दुई पटक आमनेसामने भएका थिए । दुबै खेलमा पोखराले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो यसअघि दुबै खेलमा पहिले ब्याटिङ गरेको पोखराले लिग चरणको खेलमा १२३ र पहिलो क्वालिफायर्समा ६६ रनमात्र बनाउन सकेको थियो ।

आज पोखराका एसेला गुणरत्नेले सबभन्दा धेरै ३४ रन बनाए । रिचार्ड लेभीले २६, कप्तान विनाद भण्डारीले २२ र विपिन रावलले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

चितवनका कमलसिंह ऐरीले चार विकेट लिए । करिम जनत र सेकुज प्रसन्नले समान दुई विकेट लिँदा सोमपाल कामी र सागर ढकालको नाममा एक एक विकेट रह्यो ।