काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  छिटो संसद  विघटन गरी चुनावमा जानु उचित रहेको बताएका छन् ।


ADVERTISEMENT


उनले  आज बिहान एक ट्वीट गर्दै  जति सकिन्छ छिटो यो संसद्लाई विघटन गरेर नयाँ जनादेशका लागि जानु जनताको सार्वभौमसत्ताको रक्षाका लागि एकमात्र विकल्प देखिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


थापाले यसअघि पनि संसद विघटनको माग राख्दै आाएका छन् ।

थापाले सत्ता गठबन्धनमा अदालतसमेत सहभागी भएको संसारको दुर्लभ अभ्यास हेरेर बस्न विवश हुन नहुने पनि बताएका छन् ।

उनले लेखेका छन्:

”जति सकिन्छ छिटो यो संसद्लाई बिघटन गरेर नयाँ जनादेशका लागि जानु जनताको सार्वभौमसत्ताको रक्षाका लागि एकमात्र विकल्प देखिएको छ। सत्ता गठबन्धनमा अदालत सहभागी भएको संसारको दुर्लभ अभ्यास हेरेर बस्न हामी जति विवश हुन्छौं, त्यति नै सार्वभौमसत्ता, संविधान र प्रणाली समाप्तिको दिशामा जान्छ”