काठमाण्डौं-चुरोट सल्काउने क्रममा ग्यारेजमा आगलागी हुँदा एकको मृत्यु भएको छ । अन्य दुईजना कमदार घाइतेका भएका छन् ।


ADVERTISEMENT


त्रिपुरेश्वरको ज्योति पेट्रोल पम्प सँगैको ग्यारेजमा बिहीबार साँझ साढे ६ बजे आगलगी भएको हो । आगलागीमा ग्यारेज सञ्चालक बारा कैलया नगरपालिका–३ घर भएका मुलायम अलीको मृत्यु भएको छ । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


कालीमाटी प्रहरी वृत्तका डिएसपी प्रदीप खत्रीका अनुसार ग्यारेजसँगै पेट्रोल पम्प जोडिएका कारण आगो फैलिने खतरा थियो । उनले भने, ‘समयमै दमकल र प्रहरी परिचालनबाट आगलागी निभाउन सकियो ।’-आजको कान्तिपुरबाट