काठमाडौँ– नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौँमा सम्पन्न भएको नेपाल तामाङ चलचित्र संघको १२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट नायक कुमार मोक्तानलाई अध्यक्षमा चयन गरिएको हो ।


ADVERTISEMENT

# # #


मोक्तानले २९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत गठन गरेका छन् ।

जसमा वरिष्ठ उपाध्यक्षमा भुइसल लामा, उपाध्यक्षमा दिपक लामा , अजय स्याङतन , जयन कुमार मोक्तान , महासचिवमा सुनिता लुङ्बा , सचिवमा ऋतुराज पाख्रीन , कोषाध्यक्षमा अनिता तामाङ , सहकोषाध्यक्षमा अमर लामालगायतका सदस्यहरु रहेका छन् ।